aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पूर्वपश्चिम राजमार्गमा डरलाग्दो दुर्घटनामा परि ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
पूर्वपश्चिम राजमार्गमा डरलाग्दो दुर्घटनामा परि ५ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा डरलाग्दो दुर्घटना भएको छ । दुघटनामापरि पाँच जनाको मृत्यु भएको छ ।   नवलपुरको कावासोती नगरपालिका(८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।


लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति एक आपसमा ठोक्किँदा कारमा रहेका  व्यक्तिहरुको मृत्यु भएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय पूर्णबहादुर विक, देवचुली(५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस