aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेयर बालेन आफैले विद्यार्थीको छात्रवृत्तीको परिक्षा सञ्चालन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असार २०८०
मेयर बालेन आफैले विद्यार्थीको छात्रवृत्तीको परिक्षा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहको टिव्टरले अब कक्षा ११ मा पढ्ने विद्यार्थीहरु छात्रावृत्तिका लागि महानगर धाउन पर्ने भएको छ । मेयर साहले आफ्नो टिव्टरको वालमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम भन्दै कक्षा ११ को छात्रावृत्ती कार्यक्रमा आफै सञ्चालन गर्ने उल्लेख गरेका छ । 

उनले लेखेका छन्, ‘छात्रवृत्तीको लागि विद्यार्थी छनोट सम्बम्धी परिक्षा शैशिक सत्र २०८०र८१  देखि काठमाडौं महानगरपालिकाले आफ्र नै सञ्चालन गरि सामूदायिक विद्यालयमा अध्ययन गरेको, गरिब, जेहेनदार, पिछडिएको क्षेत्र, जनजाति, आदीबासी लगायतका छनोटका आधार तयार गरि योग्यताक्रमका आधारमा छात्रवृत्ती प्रदान गरिने व्यहोरुा सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध छ ।’
 

प्रतिक्रिया दिनुहोस