aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागूऔषध विरुद्धको अपरेसनमा उनीहरुलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँचजना नेपाली रहेका छन् । उनीहरुका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । 

उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरु डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्र्ट रहेका छन् । उनीहरुमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस