नरैनापुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छिन । नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिइन ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताइन । मन्त्री रन्जीताले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएकी थिइन ।
उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गसरन। मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यख्त गरिन ।
प्रतिक्रिया दिनुहोस