aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

टासीको घरमा जुवातास खेलिरहेका सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
टासीको घरमा जुवातास खेलिरहेका सात जना पक्राउ

तेह्रथुम । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । आठराई गाउँपालिका १ संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत ७ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ९३ हजार ५ सय ६ नेपाली रूपैयाँ र ८ हजार ३ सय ४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस