aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय शेयर बजारमा चौथो दिनसम्ममा पनि उच्च वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
भारतीय शेयर बजारमा चौथो दिनसम्ममा पनि उच्च वृद्धि

एजेन्सी । भारतीय शेयर बजारले लगातार चौथो कारोबार दिनसम्म पनि उच्च वृद्धि देखाएको छ । सोमबार दुबै बजार सूचकांक सेन्सेक्स र निफ्टी हरियो चिन्ह संकेतका साथमा खुल्यो र कारोबारको अन्त्यमा नयाँ उच्च स्तरमा बन्द भयो।

 बम्बई स्टक एक्सचेन्ज (बीएसई) को ३० शेयर सेन्सेक्स पहिलो पटक ४८६ अंकको वृद्धिसँगै ६५,००० मा बन्द भयो । जबकि नेशनल स्टक एक्सचेन्ज (निफ्टी) १३३ अंकको वृद्धिसँगै १९,३००मा बन्द भयो। साताको पहिलो दिन शेयर बजार हरियो अंकमा उकालो लागेपछि भारतीय लगानीकर्ताको मनोबल उच्च भएको छ । 

प्रतिक्रिया दिनुहोस