aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

श्रीलङ्कामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजी ऋण व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
श्रीलङ्कामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजी ऋण व्यवस्था

कोलम्बो । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा  निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका  लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् । 

ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् । मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउँनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने व्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।

 सन् २०२३  मा विश्वविद्यालय प्रवेश परीक्षामा ३३३, ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए ।  ती मध्ये केवल ३०, ००० विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउँन सक्छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस