aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार, थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार, थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने निर्णय गरेको हो । 

कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस