aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पहिरोका कारण अर्घाखाँचीमा तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
पहिरोका कारण अर्घाखाँचीमा तीन जनाको मृत्यु
फाइल फोटो

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।   

पाणिनि १ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए । 

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए । घरमा छ जना बस्दै आएकोमा दुई जना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।   

प्रतिक्रिया दिनुहोस