
एजेन्सी । विश्वका सर्वाधिक धनी 500 जनाले सन् २०२३ मा मात्र ८५२ अर्ब डलर सम्पत्ति थपेका छन् । यसबिच संसार कै सर्वाधिक धनी एलन मक्स एक्लैको सम्पत्ति ९६ अर्ब ६० करोड डलरले बढेको छ ।
ब्लुमबर्गको रिपोर्ट अनुसार मक्सको यो सम्पत्ति जनवरी २०२३ देखी जुन ३० तारिक सम्ममा थपिएको हो । पछिल्लो ६ महिनामा दैनिक औसतमा यी अर्बपतिहरुको सम्पत्ति १४ मिलियन डलरले बढ्ने गरेको देखिएको छ । सन् २०२० को पछिल्लो ६ महिनामा पनि अर्बपतिहरुको सम्पत्ति ह्वात्तै बढेको थियो भने विश्वका अन्य सबै मानिसहरूले निकै कष्टकर जीवन व्यतीत गरेका थिए ।
विश्वमा देखिएका तमाम आर्थिक समस्यालाई लगानीकर्ताहरूले बेवास्ता गर्दै प्रविधिको क्षेत्रमा लगानी बढाउँदा मक्स सबैभन्दा बढी त्यसको लाभ लिनेमा परेका हुन् । वाल स्ट्रिटको संवेदनशील सुचाकंकमा यसबिच १६ प्रतिशतले वृद्धि हुँदा प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूको ३९ प्रतिशतले मूल्य बढेको छ ।
मक्स जस्तै फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति पनि ५८ अर्ब ९० करोडले बढेको छ । हिजो जुलाई ६ तारिकका दिन सोमबार मात्र पनि मक्सको सम्पत्ति १३ अर्ब डलरले बढेको छ किनकि टेस्लाको शेयर मूल्य सोमबार मात्र पनि ६ दशमलव ९ प्रतिशतले बढेको छ ।
यसरी विगत ६ महिनामा मक्सले सर्वाधिक बढी सम्पत्ति जोड्दा भारतीय अरबपति गौतम अडानीले भने ६० अर्ब २० करोड डलर गुमाएका छन् । उनी यसबिच सर्वाधिक गुमाउने व्यक्तिमा परेका छन् । हिडनबर्गले उनको कम्पनीले धोकाधडी गरेको खुलासा गरेसँगै जनवरी २७ मा एकै दिन २० अर्ब ८० करोड डलर गुमाउँदा उनको नाममा एकैदिन सर्वाधिक गुमाउने व्यक्तिको रेकर्ड समेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस