aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मन्त्रिपरिषद् बैठकका निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ । 
    
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस