
एजेन्सी । यदि तपाईँ शीर्ष अरबपतिहरूको सूचीमा हेर्नुहुन्छ भन, मुकेश अम्बानी हाल ९०.६ अर्ब डलरको नेटवर्थका साथ १३ औँ स्थानमा छन्। शीर्ष १० मा उनीभन्दा माथि तीन अर्ब पति मात्र छन् । जसको बिचमा सम्पत्तिको खाडल निकै कम रहेको देखिन्छ ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लामो समयदेखि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा परेका पर्दै आएका थिए । तर, उनी सन् २०२३ को सुरुवातदेखि नै यसबाट बाहिर छन् । अब फेरि उनी यसमा पर्न सक्ने देखिएको छ ।
उनको नेटवर्थमा भएको वृद्धिका कारण यस्ता सङ्केतहरू प्राप्त भइरहेका छन् । पछिल्लो २४ घण्टामा उनको सम्पत्ति २ अर्ब डलरले बढेको छ र योसँगै अम्बानीको कुल सम्पत्ति ९० अर्ब डलर नाघेको छ ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति २.३५ प्रतिशतले बढेको छ । नेटवर्थमा यो उछालपछि अब उनको सम्पत्ति ९०.६ अर्ब डलर पुगेको छ । शीर्ष १० अर्बपतिको सूचीमा फेरी प्रवेश गर्न अब यो अन्तर निकै कम भएको छ ।
शीर्ष दशमा पुग्न उनीभन्दा धनी तीन जना मात्र छन् । जसमा फ्रान्कोइस बेटेनकोर्ट ९२.६ अर्ब डलरका साथ १२ औँ, कार्लोस स्लिम ९७.२ अर्ब डलरका साथ ११ औँ र सर्गेई ब्रिन ९७ अर्ब डलरका साथ १० औँ स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस