aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को राजीनामा माग भएको छ । ससदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको हो । बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको विवादीत अभिव्यक्तिले सिंगो नेपालीको प्रतिष्ठा र स्वाभिमानमा ठेस लागेको हुनाले अभिलम्ब राजनीनामा दिन माग गरे छन् ।

सोमलबार ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस