aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निर्माण व्यवसायीका हत्यारालाई जन्म कैदको सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
निर्माण व्यवसायीका हत्यारालाई जन्म कैदको सजाय

काठमाडौं । गुण्डाका नायिके समिरमान बस्न्यातलाई जन्म कैदको सजायको फैसला भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न बस्नेतलाई जन्मकैदको सजायको फैसला भएको हो।

काठमाडौं जिल्ला अदाललते बुधबार मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो। गौचनलाई काठमाडौंको शान्तीनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ । त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

गत असार १२ गते २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए । असार १० गते पेसीमा चढेपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ भएको थियो । असार १२ गतेको सुनुवाइपछि ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर ठहर भएको थियो ।

प्रतिक्रिया दिनुहोस