aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रहरी नायब निरीक्षक बिष्ट दुई लाख घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
प्रहरी नायब निरीक्षक बिष्ट दुई लाख घुससहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका (लेखापाल) प्रहरी नायब निरीक्षक बिनोद बिष्ट भ्रष्टचार गरेको आरोपमा पक्राउ परेका छन् । जलेश्वर महोत्तरीको भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका प्रहरी नायब निरीक्षक (लेखापाल) विनोद विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस