aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुटिङबाट फर्किएर आफ्नै घरमा झुण्डिए अभिनेता सारुक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
सुटिङबाट फर्किएर आफ्नै घरमा झुण्डिए अभिनेता सारुक

काठमाडौं । ‘ह्यासट्याग माया’ नामक चलचित्रमा अभिनय गरिरहेका अभिनेता सारुक ताम्राकार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएको बताइएको छ । 

कलाकार सानु ताम्राकारका छोरासमेत रहेका उनी आफ्ना बाबुआमा बाहिर पार्टीमा गएको मौका पारेर घरको छिडीमा पासो लगाएर झुण्डिएका थिए । 

चलचित्र ‘ह्यासट्याग माया’ फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको छ । 

सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस