aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी ५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस