aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष र सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष र सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले धनुषाका नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उनीहरुले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको पुष्टी हुन आएको आयोगले जनाएको छ ।

सोही आधारमा उनीहरु विरुद्ध ७० हजार  बिगो र  जरिवाना सजायसमेत हुन मागदावीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस