
काठमाडौं । नेपाल खुद्रा व्यापार संघको ४० औं बार्षिक उत्सव सम्पन्न भएको छ । दशै, तिहार र छठ पर्वको समयमा सक्दो सहुलियत दरमा उपभोग्य वस्तुहरू बिक्री वितरण गर्न खुद्रा व्यवसायिहरुलाई आग्रह गरेको छ ।
उपभोक्ताहरू प्रति देखाएको सद्भाव र सहयोगको कदर गर्दै विगत वर्ष नेपाल खुद्रा व्यापार संघलाई पनि राष्ट्रिय सम्मान प्राप्त कर दिवशका अवसरमा समेत खुद्रा व्यापार संघ योगदानलाई कदर समेत गरेको छ ।
बार्षिक उत्सवमा बोल्दै नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले खुद्रा व्यापारीे रेट एकै किसिमको हुनु पर्ने बताए । दशैं, तिहार र छठमा बजार सस्तो र आपूर्ति सहज हुनु पर्ने बिशेषगरी सरकारले व्यवाहारीक नबाएको भएर सहुलियत मुल्य अन्य भन्दा महंगो भएको उनको दाबी थियो । बजारको मुल्य व्यवस्थित नभएका कारण असहज भएको समेत उनको विचार छ । ठूला व्यवसायीहरुको उद्देश्य भनेको खासमा कालो धन लुकाउन खुद्रा भन्दा सस्तो दिइरहेको वज्राचार्यको आरोप छ ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले सानालाई लागेको ऐन ठूलालाई पनि लाग्ने स्पष्ट गरेका छन् । उनले भने खुद्रा व्यापारीहरु ठूलो व्यापारीको चंगोलमा फसेका छन् र व्यापारीहरु त्रसित देखिएका छन् । अब खुद्रा व्यापारी नडराउनुहोस् सहकारीको मोडेलमा जानुहोस् र पारदर्शि पनि हुन्छ । त्यसमा थप्दै भने काला बजारी ऐन भन्दा कानुनी ऐन बलियो हुन्छ त्यसै आधारमा चल्न आग्रह गरे ।
आउदो दशैंमा दामको उचित व्यवस्था गर्ने र उपभोक्तालाई सर्वोपरि ठानी व्यवसाय गर्ने संघले बताए ।
प्रतिक्रिया दिनुहोस