_20230707182605.jpg)
पर्सा । साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी कालोबजारी गर्ने दीपेश कुमार साहलाई बारा प्रहरीले पकाऊ गरेको छ । उनले भारतीय युरिया मलको ४५ के.जी.को बोरामा राखी किसानलाई ठगी गर्दै आएको सूचनाका आधारमा प्रहरीले गोदान छापामारी पक्राउ गरेको हो ।
असार २१ गते बिहीबार वीरगन्ज महानगरपालिका वडा नं. २१ हनुमान मन्दिर चोक स्थित रहेको रासायनिक मल गोदाममा प्रहरीले छापा मरेको थियो । सो क्रममा साहले नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ के.जी.को बोरामा राखी प्याकिङ गरी अनाधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गरिरहेको फेला परेको हो ।
गोदाम कोठाको कानुनी रीत पुर्याई खानतलासी गर्दा निम्नमा उल्लेखित परिमाणको युरिया मल तथा मल ओसार पसार गर्ने भारतीय नम्बर प्लेटका मोटर साइकल सहित साल्ट ट्रेडिङ कार्पेरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को ४५ बोरा समेत फेला परेको थियो ।
त्यसैगरी भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ के.जी.को १५ बोरा समेत फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस