aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आँगनको मिठाईमा किरै किरा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
आँगनको मिठाईमा किरै किरा !

काठमाडौँ। काठमाडौँको लाजिम्पाटमा रहेको चर्चित मिठाई पसल  आँगनले बिक्री गरेको मिठाईमा किरा फेला परेको छ । शुक्रबार सोह्रखुट्टे निवासी सरोज धितालले एक उच्च पदस्थ व्यक्तिलाई कोसेलीका रुपमा दिन सो मिठाई लागेका थिए । 

धितालका अनुसार आँगनले प्याक गरेर दिएको मिठाइको डब्बा मध्ये एक खोल्दा ढुसी परेको देखिए पछि अरुपनि खोलेर हेरेका थिए । त्यस क्रममा केहीमा किरा परेको थियो भने अधिकांश मिठाईमा ढुसी फेला परेको थियो। 

उनले किरा परेको मिठाई आँगन स्विटमा फिर्ता गर्न ल्याएपछि त्यहाँ ठूलो भिड लागेको थियो । काठमाडौँको विभिन्न स्थानमा धेरै वटा आउटलेट खोलेर पसल संचालन गरिरहेको आँगनले यस्तो मिठाई बिक्री गर्दा समेत सरोकारवाला निकायहरू मौन छन् ।

प्रतिक्रिया दिनुहोस