aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ असार २०८०
मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

काठमाडौं । मकवानपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किदा तीनजनाको मृत्यु हुनुका साथै अरु दुईजना घाइते भएका छन् । 

घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान नभएको प्रहरीको भनाइ रहेको छ । घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले बताए ।

शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएको भनाइ डीएसपी कार्कीको रहेको छ । 

चितवन तर्फबाट हेटौंडा जाँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक र हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना।६ ख ६६६७ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए । 

प्रतिक्रिया दिनुहोस