aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक अबस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक अबस्था

काठमाडौं ।  वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७.७ प्रतिशत रहेको छ ।


त्यस्तै,  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २ प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको छ ।  शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको छ ।
 कुल विदेशी विनिमय सञ्चिति १०६४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च  २ अर्ब ६२ करोड रुपैयाँ र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत रहेको छ  । 

प्रतिक्रिया दिनुहोस