भैरहवा । कुनै बेला एसएलसीको रिजल्ट प्रकाशन सँगै रुपन्देही तर्फ सबैको ध्यान केन्द्रित हुन्थ्यो । नेपाल टपरहरुको लिस्टमा रुपन्देहीका विद्यार्थी नाम दर्ज हुने गर्दथ्यो । समय कालक्रमसँगै एसएलसी एसइइमा रुपान्तरण भयो । अब्बलताको कडीमा यहाँको विद्यार्थिको क्रमागत नम्बर पछाडि पर्दै गयो ।
भर्खरै प्रकाशन भएको एसइइको रिजल्टले पनि त्यस्तै देखाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) नतिजामा रुपन्देही जिल्लाको नतिजा खस्किएको छ । जिल्लाका कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले परीक्षामा ४ जीपिए प्राप्त गर्न सकेका छैनन ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कमा जिल्लामा १५ जना विद्यार्थीले ३.९५ जीपिए प्राप्त गरेका छन् तर ४ जिपिए कसैले ल्याउन सकेनन् । ४ जिपिए सबैभन्दा उच्च अंक हो । नेपालभर ९५ बिद्यार्थीहरुले ४ जिपिए ल्याएका छन् । तर बिगत देखिनै शिक्षामा सधै नेपालमै अव्वल नतिजा ल्याउने रुपन्देहीले भने यसपटक एउटा पनि ४ जिपिए ल्याएको छैन ।
रुपन्देहीबाट एसइइमा आएको उच्च नतिजा भनेकै ३.९५ जिपिए हो । बुटवल उपमहानगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जनाले ३.९५ जीपिए ल्याएका छन् । उनीहरुमध्ये ५ जना सामुदायिक र १० जना संस्थागत विद्यालयका विद्यार्थी हुन् । बिहानदेखि साँझ सम्म ट्युसन शुल्क लिने आफूलाई अब्बल ठान्ने विद्यालयको नतिजा अभिभावकले गरेको खर्चको तुलनामा रिजल्ट दयनीय छ ।
जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिकाले त ३.९५ जिपिए प्राप्त पनि गर्न सकेका छैनन् । रुपन्देही जिल्लाको शैक्षिक इतिहासमै पहिलो पटक यस्तो नतिजा कक्षा १० को परिक्षामा आएको हो । जिल्लाका सामुदायिक र संस्थागत बिद्यालयमध्ये कम्तीमा एक जनाले प्रत्येक बर्ष नेपालकै उत्कृष्ट नतिजा ल्याउने गर्थे । तर अहिले जिल्लाको विगतको शान भने खस्किएको छ ।
१ उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिकाका गरी १७ हजार ९१५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । २०७८ को एसइइ परीक्षामा ५ जनाले रुपन्देही बाट ४ जिपिए ल्याएका थिए । २०७८ को एसइइमा न्यु होराइजनमा बाँकी २ जना, अस्कफर्ड मा वीको २ जना र कालिका मा वीको १ जना बिद्यार्थिले ४ जिपिए ल्याएका थिए । तर यस पटक यि बिद्यालयमा कसैले पनि ४ जिपिए भने ल्याउन सकेनन् ।
न्यु होराइजन र कालिका मावी रुपन्देहीको दुई उत्कृष्ट बिद्यालयहरु हुन् । प्रत्येक बर्ष नेपालमै उत्कृष्ट नतिजा ल्याउन यि बिद्यालय यस पटक भने ३.९५ जिपिएमै चित्त बुझाउनु परेको छ । न्यु होराइजनका प्रधानाध्यापक लोकनाथ उपाध्यायले बिद्यालयको ४० बर्षको इतिहासमा यसपटक यस खालको नतिजा आएको बताए । उपाध्यायले रुपन्देहीका बिद्यालयहरुले राम्रै गरेका थिए तर कसैको पनि ४ जिपिए नआउनु खोजिखोजी नबनाए जस्तो महसुस भएको बताए ।
यता कालिका मावीका प्रधानाध्यापक दिनेश थापाले आफुहरुको बिद्यालय सहित रुपन्देही जिल्लाका कतिपय बिद्यालहरु ४ जिपिए ल्याउन लायक थिए तर यसपटक कसैको पनि किन आएन यो सोचनिय बिषय भएको बताए । थापाले कपि परिक्षणको बिश्वसियनता माथीनै प्रश्न उठाएका छन् ।
यस्तै यसपटक ३.९५ जिपिए ल्याएको भैरहवाको काशी नोवल एकेडमीका प्रधानाध्यापक राजेन्द्र घिमिरेले जिल्लाभरिनै कसैको पनि ४ जिपिए नआउनु बिद्यार्थीको मेहेनत भन्दा पनि उत्तरपुस्तिका परिक्षणमै सवाल उठ्ने देखिन्छ ।
यस पटक रुपन्देही जिल्लामा एसइइमा सहभागि १७ हजार ४ सय ७३ मध्य ४ जिपिए शून्य, ३.६–४ भन्दा कम जिपिए ६ सय १३ जना, ३.२ भन्दा कम १ हजार ९ सय ५८ जना, २.८ भन्दा बढी ३ हजार २ सय २४ जना, २.४ भन्दा बढि ३ हजार २ सय ३७ जना, २.० भन्दा बढि ३ हजार १ सय ५४ जना, १.६ भन्दा बढि ३ हजार ३ सय ४६ जना, १.२ भन्दा बढि १ हजार ९ सय ९७ जना र ०.८ भन्दा बढि १ सय ५८ जना बिद्यार्थी रहेका छन् ।
शिक्षाविद्हरुको अनुसार एसइइको रिजल्ट कमजोर आउनुमा शिक्षक, विद्यार्थि र अविभावक तीनै पक्ष जिम्मेवार रहेका छन् । मून लाईट आवसिय माविका संस्थापक प्राचर्य समेत रहनुभएका शिक्षावीद विएन शर्माले भन्नुभयो, ‘यस पटकको रिजल्ट विगतमा जस्तो सन्तोष जनक छैन ।’
प्रतिक्रिया दिनुहोस