
वासिङ्टन, संयुक्त राज्य अमेरिका । विश्वका प्रमुख अर्थतन्त्रहरूबीचको व्यापार वार्ता निर्णायक चरण नजिक पुगेको र छिट्टै अन्तिम सहमति गर्ने वा नगर्नेबारे निर्णय हुने अमेरिकी वित्तमन्त्री स्टेभन मनुचिनले सोमबार बताउनुभएको छ ।
मनुचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर मङ्गलबार अर्को चरणको वार्ताका लागि बेइजिङ जाने र चिनियाँ वार्ता टोलीसँग छलफल हुने बताउनुभयो । “अर्को हप्ता वार्ता टोलीहरूबीच वासिङ्टनमा अमेरिकी राष्ट्रपतिले चीन र अमेरिकाको असमान र असन्तुलित व्यापारसम्बन्धलाई सुधार गर्न गरेको माग अनुसार व्यापार सम्झौता अन्तिम प्रयास हुनेछ,” उहाँले भन्नुभयो ।
“मेरो विचारमा दुवै पक्षको चाहना वार्तालाई सफल बनाउने देखिएको छ यद्यपि दुवैपक्षका कतिपय अडानका कारण सहमति जुट्न सकेको छैन,” मनुचिनले फक्स बिजिनेस नेटवर्कसँगको अन्तवार्तामा भन्नुभयो । “वार्तालाई निरन्तरता दिने वा रोक्ने कि भन्नेबारेमा समेत छलफल हुँनेछ ।”
“हामीले विश्वास गरेका छौँ कि अर्को दुई चरण, चीन र वासिङ्टन डीसीमा, हुने वार्तापछि हामीले राष्ट्रपतिलाई वार्ता गर्ने वा नगर्ने भन्ने निर्णय दिनेछौँ ।” अमेरिकी राष्ट्रपति ट्रम्पले करिब दुई खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामान आयातमा कर वृद्धि गरेपछि बदलामा चीनले अमेरिकाबाट चीन आयात हुने एक खर्ब १० अर्ब अमेरिकी डलर बराबरको समानमा करवृद्धि गरेका छन् ।
दुई ठूला देशबीचको संरक्षणवादी नीतिका कारण उनीहरूको सामान लिने विश्वका अन्य मुलुकहरूमा समेत यसको प्रभाव परेको छ । अमेरिकाको उक्त निर्णयका कारण देशव्यापी रूपमा सामानहरूको मूल्य वृद्धि भएको छ भने सामानको उत्पादनका लागि लगानी आकर्षित नहुँदा अनिश्चितता बढेको बताइएको छ ।
तर मनुचनिले भने यसको वचाउ गर्दै भन्नुभयो, “ट्रम्पको आक्रामक व्यापार नीति, करवृद्धिका दुई देशबीच वार्ताको वातावरण बनेको र समान तथा सन्तुलित व्यापार राष्ट्रपति ट्रम्पको चाहाना हो ।”
प्रतिक्रिया दिनुहोस