aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको दिल्लीमा भारी वर्षा, ४१ वर्ष अघिको रेकर्ड तोडियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
भारतको दिल्लीमा भारी वर्षा, ४१ वर्ष अघिको रेकर्ड तोडियो

एजेन्सी । भारतको दिल्ली, हिमाचल, पञ्जाबलगायत देशका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ। दिल्लीमा ४१ वर्षको रेकर्ड तोडिएको भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन । सन् १९८२ यता जुलाईमा एकै दिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भएको थियो।

यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो। सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो । र २०१३मा, दिल्लीमा १२३.४ मिमी वर्षा भएको थियो।  जम्मु–कश्मीरको पुन्चमा पोसना नदी पार गर्ने क्रममा वर्षाका कारण दुई सैनिक जवान बगेका छन् । यस्तै, हिमाचलको कोटगढमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ । हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ । काश्मिरमा खराब मौसमका कारण अमरनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित गरिएको छ । जसका कारण ६ हजार अमरनाथ तीर्थयात्री रामबनमा फसेका छन् । त्यहाका ४४ राष्ट्रिय राजमार्ग हाल बन्द छन।

 मध्य प्रदेश, राजस्थान, पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, जम्मू कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, पश्चिम बंगाल, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरान त्रिपुरा, ओडिशा, गुजरात, गोवा र महाराष्ट्रमा भारी वर्षा हुने अनुमान गरिएको छ ।  

यी राज्यहरूमा मौसम सफा रहनेछस् केरला, कर्नाटक, तेलंगाना, छत्तीसगढ, तमिलनाडु र आन्ध्र प्रदेशमा वर्षाको सम्भावना छैन।  मध्य प्रदेशका २७ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ । भोपाल, विदिशा, रायसेन, राजगढ, अलीराजपुर, झाबुआ, धार, मन्दसौर, नीमच, गुना, अशोकनगर, शिवपुरी, अनुपपुर, शाहडोल, उमरिया, डिन्डोरी, कटनी, जबलपुर, छिन्दवाड़ा, सिवनी, मण्डला, पन्ना, दमोह, सागर, छतपुर टिकमगढ, निवारी जिल्लाहरू समावेश छन्। बाँकी स्थानमा हल्का वर्षाको सम्भावना छ।

हारका १० जिल्लामा भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ । राज्यका ५ जिल्लामा आइतवार भारी वर्षाको सम्भावना रहेकोमा ओरेन्ज अलर्ट जारी गरिएको छ जसमा किशनगञ्ज, अररिया, मधेपुरा, पूर्णिया र कटिहार जिल्लाहरू पर्छन्। जबकि अन्य ५ जिल्लामा पहेंलो चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस