aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
जुवातास खेलिरहेका पाँच जना पक्राउ

रोल्पा । रोल्पा नगरपालिका ४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 
 

प्रतिक्रिया दिनुहोस