aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हवाई आक्रमणमा बाइस जना मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
हवाई आक्रमणमा बाइस जना मारिए

खार्तुम । सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२  नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस