aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 भूमि सुधार मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ गरेको हो । 

सो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि सिआईबीले आइतबार पक्राउ गरेको छ । ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस