aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हर्क साम्पाङले बालेन्द्रलाई भने, मुद्धा लाग्दा हच्किनु हुन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
हर्क साम्पाङले बालेन्द्रलाई भने, मुद्धा लाग्दा हच्किनु हुन्न

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नहच्किन सुझाव दिएका छन् । मेयर साहले आइतबार साँझ सर्वोच्च अदालतको तारिख पर्चा सार्वजनिक गर्दै आफू अपराधी भएको उल्लेख गरेपछि त्यसरी नहच्किन साम्पाङले सुझाव दिएका हुन् । 

आइतबार मेयर साहले सर्वोच्च अदालतले जारी गरेको तारिख पर्चाको फोटो राख्दै भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी भएको बताएका थिए ।

उनले लेखेका थिए – ‘आज एउटा विशेष दिन ,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छुट्ट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी ।’

त्यसमा सुझाव दिँदै साम्पाङले भनेका छन्–‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २३ वटा लाइरन्छ मलाई त ! ढोइट... भन्दै अघि बढ्नु पर्छ ! ढोइट ।’

प्रतिक्रिया दिनुहोस