aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा परेको वर्षाले मच्चायो विधोङस, हालसम्म ५६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
भारतमा परेको वर्षाले मच्चायो विधोङस, हालसम्म ५६ जनाको मृत्यु
फाइल तस्विर

एजेन्सी । भातरको दिल्ली, पञ्जाब र हिमाचललगायत उत्तरी राज्यमा वर्षाका कारण बाढीबाट ठूलो धनजनको क्षति भएको छ । पछिल्लो २४ घण्टामा सात राज्यमा पहिरो र बाढीका छुट्टाछुट्टै घटनामा ५६ जनाको मृत्यु भएको छ ।

मनालीमा  भने ५२ वर्षको इतिहास तोडिएको छ । ५२ वर्षभन्दा पहिला मनालीमा यस्तो वर्षा भएको थियो ।  हिमाचलका मुख्यमन्त्रीले जनतालाई आगामी २४ घण्टा घरमै बस्न आग्रह गरेका छन् । राज्यका धेरै नदी र नहर खतराको निशानभन्दा माथि छन्। दुई ठाउँमा बादल फुटेको छ ।

कुल्लुमा ब्याससँगै पार्वती र तीर्थन नदीहरू पनि बगिरहेका छन्। प्रदेशका विभिन्न क्षेत्रमा ६० सवारी साधन पानीको तीव्र बहावमा बगेका छन् । यसै क्रममा कुल्लुको कसौलमा ६ वटा गाडी पानीमा बगेका छन् । पञ्जाबमा सतलज नदी नजिकका १५ देखि २० गाउँ खाली गरिएको छ । यसै क्रममा लेह–लद्दाखमा भारी वर्षाका कारण ४५० वर्ष पुरानो घर भत्किएको छ । हिमाचलमा ४६ घर ध्वस्त भएका छन् ।

अहिले मुलुकभर सामान्यभन्दा बढी वर्षा भएको छ । असार ९ गतेसम्मको सामान्य वर्षा २३९ मिलिमिटर थियो । अहिले यो सङ्ख्या २४३ मिमीमा पुगेको छ, जुन २ प्रतिशत बढी हो। दिल्लीमा ४१ वर्षको वर्षाको रेकर्ड तोडिएको छ । गुरुग्राममा सडकहरू नदी बन्यो। यमुनामा पानीको सतह बढ्दै गएपछि चेतावनी दिइएको छ । खतराको निशान नजिक पुगेको छ ।

दिल्लीमा यमुना नदीको पानीको सतह खतराको निशान नजिक पुगे्को बताएको छ । भने जम्मू हुँदै अमरनाथ यात्रा लगातार तेस्रो दिन पनि रोकिएको छ ।  पञ्जाबको लुधियानामा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द भएका छन् ।  मध्य प्रदेशको नर्मदा नदीमा फसेका चार जनाको एनडीआरएफले उद्दार गरेको छ । 

 मुख्यमन्त्री आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले इमर्जेन्सी बैठक बोलाका छन् ।  हरियाणाका मुख्यमन्त्रीद्वारा सबै बैठक रद्द आकस्मिक बैठक बोलाएका छन ।  

प्रतिक्रिया दिनुहोस