aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पूर्व प्रधानमन्त्री प्रेमी मर्दा प्रेमिकालाई मालामाल !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
पूर्व प्रधानमन्त्री प्रेमी मर्दा प्रेमिकालाई मालामाल !

एजेन्सी। दिवङ्गत मिडिया टाइकुन तथा इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको एक महिना अघि जुन १२, २०२३ मा निधन भयो। तर, उनले मृत्यु अघि नै गरेको एक निर्णयले भने अहिले धेरैजसो इटालियनलाई चकित पारिरहेको छ ।

उनले आफ्नो प्रेमिका मार्टा फासिनाको नाममा १०० मिलियन युरो अर्थात् नेपाली साढे १४ अर्ब सम्पत्ति गरिदिएको खुलासा भएको हो । ब्लुमबर्गको एक विशेष रिपोर्टले त्यहाँ धेरैलाई झट्का लाग्ने गरी उनले गरेको निन्दनीय इच्छाको पर्दाफास गरेको छ।

आफ्नो विवादास्पद राजनीतिक करियरका लागि परिचित बर्लुस्कोनीले धेरै पटक इटालीको प्रधानमन्त्रीको रूपमा सेवा गरे । त्यस क्रममा उनले निकै नै धेरै सम्पत्ति कमाए। तर उनको अन्तिम इच्छा अचम्मलाग्दो भएका कारण हेडलाइन बनिरहेको छ।

सार्वजनिक भएको उनको इच्छा पत्रका अनुसार ३३ वर्षीय फासिनाले बर्लुस्कोनीको अनुमानित ५ अर्ब युरो सम्पत्तिबाट लगभग १०० मिलियन प्राप्त गर्न गर्ने भएकी हुन्। यो अप्रत्याशित खुलासाले इटालीमा धेरैलाई अचम्ममा पारेको छ । उनको यो निर्णयसँगै अधिकांश इटालियनहरू छक्क परेको ब्लुमबर्गले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस