aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

६० लाख नयाँ पासपोर्ट छाप्ने निर्णय भइसक्योः परराष्ट्रमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
६० लाख नयाँ पासपोर्ट छाप्ने निर्णय भइसक्योः परराष्ट्रमन्त्री

काठमाडौं । ६० लाख नयाँ पासपोर्ट छाप्ने निर्णय भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । उनले सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बोल्दै भने,  ‘करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ ।’ 

उनले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय समेत गरेको जानकारी गराएका थिए । अब नयाँ पासपोर्ट छपाईका लागि बोलपत्र आवहन हुने उनले बताए । नेपालमा २०१४ मा मेसिन रिडएबल पासपोर्ट लागू भएपछि करिब १० लाख पासपोर्ट एमआरपी प्रविधिका पासपोर्ट प्रिन्ट भएका छन  । जुन आउँदो वर्ष ती पासपोर्टको म्याद सकिदै छ । 

प्रतिक्रिया दिनुहोस