काठमाडौं । विदेशबाट सुन बोकेर आउने १२ जना पक्राउ परेका छन् । गैरकानुनी रूपमा कतारबाट नेपालमा बसेर सुन मगाउनेहरुको सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।
नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स(साना परिमाणका सुनका गहना फेला परेका थिए।
विदेशको विमान स्थलबाट नेपालसम्म ल्याउनका लागि प्रयोग हुने गरेका नेपाली कामदारहरुका साथमा सुन ल्याउने गिरोह सक्रिय रहेका छन् । विमान स्थलबाट पक्राउ पर्नेहरुमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो। बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस