aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बालेन सरकारले उठायो एकै दिन साढे ३ करोड रुपैयाँ बहाल कर, आन्तरिक आय लक्ष्यकाे ११० प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
बालेन सरकारले उठायो एकै दिन साढे ३ करोड रुपैयाँ बहाल कर, आन्तरिक आय लक्ष्यकाे ११० प्रतिशत

काठमाडौँ । चर्चित मेयर बालेन्द्र साह (बालेन) को नेतृत्वमा पालिका सरकार रहेको काठमाडौँ महानगर पालिकाले असार २५ गते मात्र साढे तीन करोड भन्दा बढी बहाल कर सङ्कलन गरेको छ । काठमाडौँ महानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष सकिन एक साता भन्दा कम समय रहेको बेला एकै दिन ४ करोड ७५ लाख ५१ हजार भन्दा बढी राजश्व महानगरले सङ्कलन गरेको हो ।

आज मात्र सम्पत्ति कर बापत ३६ लाख १२ हजार र ब्यवाशय रजिस्ट्रेसन दस्तुर मार्फत ४३ लाख ७६ हजार सङ्कलन भएको छ । महानगरले चालु आर्थिक वर्षमा आन्तरिक आय तर्फ ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष रहेकोमा त्यसको ११० दशमलव ७५ प्रतिशत अर्थात् ५ अर्ब ३७ करोड १३ लाख सङ्कलन गर्न सफल भएको छ । बाँडफाँडबाट प्राप्त राजश्व भने लक्षको ५०.९४ प्रतिशत मात्र सङ्कलन भएको छ ।

धेरै वटा पालिकाहरू समानीकरण र सशर्त अनुदानबाट च्युत बनिरहेको बेला काठमाडौँ महानगरपालिका भने लक्ष भन्दा बढी अर्थात् ११७ दशमलव १० प्रतिशत प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस