aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब सिमकार्ड निकाल्न पनि 'केवाईसी' अनिवार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
अब सिमकार्ड निकाल्न पनि 'केवाईसी' अनिवार्य

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै नो योर कस्टोमरु (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ। सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई वितरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको हो ।

केवाईसी कार्यविधिको मस्यौदा निर्माण भइसकेको छ। आउँदो आर्थिक वर्षको सुरुदेखी ८ यो कार्यविधि कार्यान्वनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ। यसअघि बैंकहरूले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्या गर्न लागिएको छ ।

जथाभावी रुपमा सिमकार्डहरुको खरिद, बिक्री तथा वितरण गर्नै कार्यले गर्दा फोनमार्फत हुने अपराध गतिविधी बढेको हुँदा प्राधिकरणले केवाईसी अनिवार्य गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले हालसम्म एकजनाले कतिवटा सम्म सिमकार्ड लिने भन्ने स्पष्ट व्यवस्था नभएले अरुको नामको सिमकार्ड आपराधिक काम गरेको विभिन्न घटनाले देखाएको पाइएकाले यस्तो व्यवस्था गर्न लागिएको बताए।

उनले सरकारले ल्याउन लागेको राष्ट्रिय परिचयपत्रसँग यसलाई  लिंकअपु गर्ने विषयमा पनि थप गृहकार्य भएको बताएका छन्। केवाईसी सिस्टममा सिम खरीद गर्दा ग्राहकले आफ्नो तीन पुस्ते ठेगाना खुलाउनुपर्ने हुन्छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


 

प्रतिक्रिया दिनुहोस