aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वर्षाका कारण भारतका सात प्रदेश प्रभावित, अझै कति दिन पर्छ पानी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
वर्षाका कारण भारतका सात प्रदेश प्रभावित, अझै कति दिन पर्छ पानी ?

एजेन्सी । वर्षाले भारतको उत्तरपश्चिमी राज्यहरूमा विनाश मच्चाएको छ । दिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोडेको छ । हिमाचल प्रदेशमा सामान्यभन्दा १० गुणा बढी वर्षा भइरहेको छ । यसबाहेक पञ्जाब, हरियाणालगायत ७ राज्य नराम्ररी प्रभावित छन्। खोलामा बाढी छ, सवारीसाधन कागजको डुङ्गाजस्तै तैरिरहेका छन्, घरहरु डुबानमा परेका छन्, ट्राफिक जाम छ ।

शनिबार दिल्लीको सफदरजंगमा रेकर्ड १५३ मिलिमिटर वर्षा भएको थियो। दिल्लीमा एकै दिनमा यति धेरै वर्षाले विगत ४१ वर्षको कीर्तिमान तोडेको छ । यसअघि सन् १९८२ को जुलाईमा एकै दिन यति धेरै पानी परेको थियो ।

भारतीय मौसम विज्ञान विभागका अध्यक्ष मृत्युञ्जय महापात्रा भन्छन्, दुई दिनदेखि उत्तर भारतका धेरै राज्यहरूमा दुईवटा मौसमी प्रणाली सक्रिय भएको छ। यीमध्ये एउटा पश्चिमी विक्षोभ र अर्को बंगालको खाडीबाट आउने मनसुनी वायु हो।

वेस्टर्न डिस्टर्बन्स भनेको अरब सागरबाट आर्द्रता ल्याएर भारत, पाकिस्तान जस्ता देशमा पानी पर्ने हावा हो। मौसमविद्का अनुसार आइतबार यो हावाको टर्फ लाइन राजस्थानबाट उत्तरी अरब सागरसम्म फैलिएको थियो । आइतबार वेस्टर्न डिस्टर्बन्स र बंगालको खाडीबाट आएको मनसुनी वायु हिमाचल प्रदेशमा भेटिएको थियो । दुबै हावामा आर्द्रता थियो, जसका कारण उत्तर भारतमा भारी वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस