aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । आज बिहान १० बजेर ४ मिनेट जाँदा त्यहाँबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो । 

मनाङ एयरकी डिस्पाचर लक्ष्मी आचार्यले उक्त हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि गरिन् । उनले आर्थिक न्युजसँग भनिन्, ‘आज बिहान १० बजेर ४ मिनेट जाँदा लुक्लाबाट काठमाडौंका लागि उडेको थियो । फाप्लुसम्म सम्पर्कमा रहेको हेलिकप्टर त्यहाँबाट सम्पर्क विहीन छ ।’ 

उनका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टरमा चालकदलका सदस्यसहित ६ जना यात्रु सवार रहेका थिए ।  सम्पर्कविहीन हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।   

 

प्रतिक्रिया दिनुहोस