aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालमै छ यस्तो ठाउँ जहाँ एउटै अण्डाको ३० रुपैयाँ पर्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
नेपालमै छ यस्तो ठाउँ जहाँ एउटै अण्डाको ३० रुपैयाँ पर्छ

सिमकोट । हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी भएको अण्डाको मूल्य प्रतिगोटा ३० रुपियाँ पर्ने गरेको छ। हवाईजहाजमार्फत ढुवानी गर्नु परेकाले मूल्य महँगो भएको व्यापारीहरूको भनाइ छ ।

सामान्यता एउटा अण्डाको तौल ६० ग्राम हुने र त्यसको हवाई ढुवानी सात रुपियाँ ५० पैसा पर्ने गरेको पानस सपिङ सेन्टरका सञ्चालक सरोज रावतले बताए । उनले बजारमा एउटा अण्डा ३० रुपियाँमा बिक्री गर्ने गरिएको बताए । नेपालगञ्जमा १२ रुपियाँ पर्ने अण्डाको हवाई भाडा साढे सात रुपियाँ पर्ने गर्छ । त्यो जोड्दा साढे १९ रुपियाँ मूल्य पर्ने हुन्छ तर उपभोक्ताले तीस रुपियाँसम्म तीर्नु परेको स्थानीय लोगजन रोकायाले बताए ।

परल मूल्य र ढुवानी जोडर कति फाइदा खाने त्यसको हिसाबै नगरी मूल्य तोक्ने गरिएको उहाँको आरोप छ। यसका लागि न त स्थानीय प्रशासन, न त उद्योग वाणिज्य सङ्घ र उपभोक्ता संरक्षण मञ्चले कुनै करा नउठाउने गरेको उनकोभनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस