aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दीपिका पादुकोणलाई ठूलो आर्थिक घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
दीपिका पादुकोणलाई ठूलो आर्थिक घाटा

एजेन्सी । आफ्नो सफल अभिनय करियर बाहेक, दीपिका पादुकोण एक अभिनेत्री मात्र होइनन् । उनी व्यवसायी पनि हुन् । उनको आफ्नो अलग्गै स्किनकेयर ब्रान्ड छ ।

त्यसबाहेक धेरै स्टार्टअपहरूमा पनि उनले लगानी गरिसकेकी छिन्। सन् २०१४ मा उनले उपभोक्ता-केन्द्रित स्टार्टअपहरूमा लगानी गर्न केए इन्टरप्राइजेज स्थापना गरेकी थिइन् । तर, उनको लगानी रहेको एक व्यवसाय फ्रन्टरोले आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।

गत वर्ष अक्टोबरमा आफ्नो आधा भन्दा बढी कर्मचारीलाई हटाएपछि एड-टेक प्लेटफर्मले जुन ३० तारिकमा औपचारिक रूपमा कार्यालय सञ्चालन बन्द गर्‍यो। सो समाचारको पुष्टि सह-संस्थापक ईशान प्रीत सिंहले गरेको खबर टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । उनले कम्पनी संचालन गरिराख्नु भन्दा बरु लगानी फिर्ता गर्नु थप अर्थपूर्ण हुने बताएका थिए ।

उनलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, 'हामीले पर्याप्त प्रगति गरेका छौँ र सकारात्मक योगदान सहित मार्जिन सकारात्मक छ । तर, धेरै सानो स्तरको व्यापारले गर्दा हामीलाई बजार समर्थन पर्याप्त रुपमा हुन सकेन ।'

‘पठान’ अभिनेत्रीका अलावा र्‍यापर रफ्तारले पनि यस प्लेटफर्ममा लगानी गरेका छन् । यसैबिच, फ्रन्टरोमा लगानी डुबाएकी अभिनेत्री दीपिका आफ्नो प्रभाससँगको आगामी फिल्म 'प्रोजेक्ट के' र ऋतिक रोशनको 'फाइटर'मा व्यस्त छिन्।

यी अभिनेत्रीले बहुप्रतिक्षित शाहरुख खान अभिनीत ‘जवान’ मा पनि क्यामियो भूमिका पाएकी थिइन् । यसमा एटली निर्देशनले उनलाई पूर्ण एक्सनमा देखाउँदै छ। 

प्रतिक्रिया दिनुहोस