aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेयर बालेन्द्रलाई अदालतले दिएन वारेसको अनुमति, आफैं धाउनु पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
मेयर बालेन्द्रलाई अदालतले दिएन वारेसको अनुमति, आफैं धाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफैं अदालतमा धाउनुपर्ने भएको छ । सर्वोच्च अदालतले वारेस मार्फत मुद्धा लड्न दिन अस्वीकार गरेपछि उनी आफैं अदालत धाउनु पर्ने भएको हो । 

दक्षिण भारतीय चलचित्र आदिपुरुषको विवादमा अदालतको आदेश मान्दिन भनेको प्रकरणमा अदालतको अवहेलना मुद्धामा उनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले साहलाई वारेस राख्न अस्वीकार गरी आफैं उपस्थित भएर तारेख लिन आदेश दिएको छ । 

उच्च अदालत पाटनले हिन्दी चलचित्रको प्रदर्शन नरोन आदेश जारी गरेपछि सरकार र अदालतलाई भारतको गुलाम भनेका साहको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी साहले सर्वोच्चमा रिट दायर गरेकी थिइन् भने मुद्धाको पक्षबाट अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका थिए । यस मुद्धाको पेशी असार ३१ गतेका लागि तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस