aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । आज बिहान स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई प्रधानमन्त्री प्रचण्ड आफैले अस्पताल लगेका थिए । उनको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस