aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पश्चिम बंगालको विधानसभा चुनाव परिणाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
पश्चिम बंगालको विधानसभा चुनाव परिणाम

एजेन्सी । पश्चिम बंगालको विधानसभा चुनाव सर्वभारतीय तृणमूल कांग्रेस(टीएमसी)ले पञ्चायत चुनावमा पनि एकतर्फी जित हासिल गरेको छ। राज्य निर्वाचन आयोगले मंगलबार राति १०ः३० बजेसम्म जारी गरेको तथ्यांकअनुसार पार्टीले २८ हजार ९ सय ८५ ग्राम पञ्चायत सिट जितेको छ भने ८ हजार १८० सिटमा अगाडि रहेको छ । भाजपा ७ हजार ७६२ सिट जितेर दोस्रो स्थानमा छ ।

यसैबीच, मुर्सिदाबादको डोमकलमा आउने घोरमारा ग्राम पञ्चायतका दुई सिटमा बेलुका ८ बजे मतगणना रोकिएको छ । यहाँ यस्ता मतपत्र भेटिएका छन्, जसमा न त अध्यक्ष अधिकृतको हस्ताक्षर नै थियो न छाप नै । यसपछि बीडीओले कांग्रेसले पाएको २६४ मतको मतगणना स्थगित गरेको छ । यी मतहरूमा कुनै छाप चिन्ह थिएन।
 

प्रतिक्रिया दिनुहोस