aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

असार २९ गतेदेखि एकिकृत कारोबार गर्दै प्रभु र महालक्ष्मी लाईफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
असार २९ गतेदेखि एकिकृत कारोबार गर्दै प्रभु र महालक्ष्मी लाईफ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । २०७९ साल असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीले एक वर्षमा एकिकृत कारोबार सुरू गर्न लागेका हुन ।

दुबै कम्पनीले मर्जर सम्बन्धि प्रस्ताव गत जेठ २६ गते सम्पन्न अलग अलग वार्षिक साधारण सभाबाट पारित गरेका थिए । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले जेठ २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते स्वीकृति प्राप्त भएको हो ।

नेपाल धितोपत्र बोर्डले भने असार २६ गते मर्जरका लागि स्वकिृति दिएसँगै कम्पनीहरू एकिकृत कारोबार सुरू गर्न जुटेका हुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जानकारी कम्पनीहरूले दिएका छन् ।

एकिकृत कारोबारका लागि असार २९ गते देखि ३१ गतेसम्म सम्पूर्ण सेवा बन्द हुने जानकारी समेत कम्पनीले दिएको छ । हाल प्रभु लाइफको चुक्तापूँजी रू. २ अर्ब १९ करोड ६० लाख रहेको छ भने महालक्ष्मी लाइफको रू. २ अर्ब १० करोड रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । 
 

प्रतिक्रिया दिनुहोस