aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

बेङलुरु । बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । 

एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्वहामिमाथि तरवारले प्रहार गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटानपछि फरार आक्रमणकारीको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस