aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

राष्ट्रियसभाको बैठकबाट आज विनियोजन विधेयक पारित गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असार २०८०
राष्ट्रियसभाको बैठकबाट आज विनियोजन विधेयक पारित गरिने

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान १० बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको हो । 

आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने र आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका सार्वजनिक भएको छ ।

 संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस