
पोखरा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो । काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएकी २५ बर्षिय भावना बस्नेतलाई भने उद्धार गरेको छ ।
प्रहरीले घाईते अवस्थामा उद्दार गरी बस्नेतलाई पोखराका विरौटामा रहेको नमस्ते अस्पतालमा उपचार भइरहेकाे छ । दुई जना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस