aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असार २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

काठमाडौं । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई प्रहरीले हिरासतमा लिएको छ । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

काठमाडौँको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षीय केशव तुलाधरलाई सानो भर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो । अन्य आरोपीलाई झैँ उनीमाथि पनि ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ । यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा काँग्रेस नेता बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतलाई प्रहरीले थुनामा राखेको छ । 

प्रतिक्रिया दिनुहोस