
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयले बैठक आज दिउँसो १ बजे बस्न लागेको कार्यसूची सार्वजनिक गरेको हो ।
आजको बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विस्तृतमा कार्यसूची हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस