aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक कदका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै सहायक विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस